काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ७ हजार २११ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एन्टिजेन र पिसिआर प्रविधिबाट परीक्षण गर्दा ७ हजार २११ जनामा कोभिड पोजेटिभ देखिएको जानकारी दिए।
पछिल्लो २४ घण्टामा देशभर रहेका विभिन्न प्रयोगशालाबाट १६ हजार १४७ जनाको नमुना परीक्षण गरिएको थियो। सङ्क्रमितमध्ये काठमाडौंमा मात्र २ हजार ७४४ जना थपिएका छन्। काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा ३ हजार ५९५ जना थपिएको प्रवक्ता गौतमले जानकारी दिए।
२४ घण्टाको अवधिमा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
