PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

प्रियजनको अनुहार समेत हेर्न नपाइ जब हुन्छ अन्तिम बिदाइ...

प्रियजनको अनुहार समेत हेर्न नपाइ जब हुन्छ अन्तिम बिदाइ...

रोजन श्रेष्ठ/पहिलोपोस्ट


पछिल्लो केही दिनयता पशुपतिस्थित विद्युतीय शवदाह गृह वरिपरि बिहानैदेखि मानिसहरुको घुइँचो लाग्ने गरेको छ। नेपाल सेनाको तालिमप्राप्त समूहले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुलाई शवदाह गृहमा पुर्‍याउँदा त्यहाँको क्षण निकै कारुणिक देखिन्छ।

प्रियजनलाई अन्तिम बिदाइ गर्न परिवार र आफन्त शवदाह गृह त पुग्छन् तर उनीहरुले मृतकको अनुहार समेत हेर्न पाउँदैनन्। प्लास्टिकले बेरिएको शवलाई शवदाह गृहको ढोका बाहिरबाटै अन्तिम श्रद्धाञ्जली दिन बाध्य छन् उनीहरु। आफन्तहरुले अन्तिम बिदाइ गरिसकेपछि नेपाली सेनाको समूहले मृतकहरुलाई सलामी दिन्छन् र शवदाह गृहभित्र लग्छन्।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै संक्रमितहरुको मृत्युदर पनि बढेको छ। त्यसैले पशुपतिमा अन्तिम संस्कारका लागि शव पुर्‍याउने क्रम पनि बढेको हो।

आज देशभर २७ जना संक्रमितहरुको मृत्यु भयो। पशुपति शवदाह गृहमामात्रै आज २७ वटा शव ल्याइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell