PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण



पहिलोपोस्ट

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतीलाई कोभिड-१९ संक्रमण भएको छ। आइतबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको ढकालले फेसबुकमार्फत जानकारी दिएका छन्। संक्रमणपछि पनि स्वास्थ अवस्था सामान्य रहेकाले घरमै बसेको उनले जनाएका छन्।

'आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ,' उनले फेसबुकमा लखेका छन्।

यसअघि उर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि संक्रमण भएको थियो भने नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई शनिबार संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell