PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शंकर पोखरेलको शपथ रोक्न प्रदेश प्रमुखको कार्यालय अगाडि गठबन्धनको धर्ना, 'प्रदेश प्रमुखले कार्यकर्ताका रुपमा काम गरे'



पहिलोपोस्ट

शंकर पोखरेलको शपथ रोक्न प्रदेश प्रमुखको कार्यालय अगाडि गठबन्धनको धर्ना, 'प्रदेश प्रमुखले कार्यकर्ताका रुपमा काम गरे'

बुटवलः प्रदेश प्रमुखले अल्पमतमा परिसकेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनले शपथग्रहण रोक्न लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन्। आइतबार बिहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बहुमत गुमिसकेको अवस्थामा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै शपथ रोक्न सांसदहरुले धर्ना दिएका हुन्।

४३ सांसदको हस्ताक्षरसहित कार्यालय पुगेर धर्ना बसेको कांग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खाँले बताए।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बहुमत नै नभएको पार्टीको सिफारिसलाई कार्यकर्ताका रुपमा प्रदेश प्रमुखले सदर गरेको आरोप लगाए।

त्यसअघि दाङबाट उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को तर्फबाट निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजेपछि मुख्यमन्त्री पोखरेल संकटमा परेका थिए। यस्तै सूर्य चिह्न लिएर निर्वाचन लडेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले मुख्यमन्त्री पोखरेललाई दिएको समर्थन फिर्ता लिएर विपक्षी गठबन्धनलाई साथ दिएका थिए। तीन सांसदले विपक्षी गठबन्धन रोजेपछि पोखरेल स्पष्ट अल्पमतमा परेका छन्।

प्रदेश सभामा विपक्षी गठबन्धनमा ४३ जना सांसद पुगेको दाबी गरिएको छ। बहुमतका लागि ४१ सांसद भए पुग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell