काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले लुम्बिनीको राजनीतिक खेल प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायामा पदलोलुप चर्तिकला भएको टिप्पणी गरेका छन्।
आइतवार अपराह्न ट्वीट गर्दै रावलले अविश्वास प्रस्तावको सामना गर्न छोडेर राष्ट्रिय राजनीतिलाई नै निर्वस्त्र पारेको आरोप लगाएका छन्। ‘संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ,’ रावलले भनेका छन्।
लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध प्रस्तुतअविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ।प्रमं केपीको छत्रछायामाअर्को पदलोलुप चर्तिकला!
— Bhim Rawal, PhD (@BhimRawal179) May 2, 2021
