PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

वर्षा शिवाकोटीको सुझाव : आज सजक भयौँ भने भोलि सहज हुन्छ



पहिलोपोस्ट

वर्षा शिवाकोटीको सुझाव : आज सजक भयौँ भने भोलि सहज हुन्छ

नेपालमा कोरोनाको दोस्रो लहर देखिएसँगै नयाँ संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ। काठमाडौं उपत्यकालगायत देशका कतिपय जिल्लामा निषेधाज्ञा समेत लगाइएको छ।

यसैबीच अभिनेत्री वर्षा शिवाकोटीले कोभिड-१९ को संक्रमण नेपालमा पनि द्रुत गतिमा बढ्दै गर्दा नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको पालना गर्न सबैलाई अनुरोध गरेकी छिन्।

उनले फेसबुकमा स्टाटस लेख्दै सबैलाई घरभित्रै बसेर स्वस्थकर खाना खान, नियमित व्यायाम गर्न, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त रहन सुझाव दिएकी छिन्।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनु परेमा माक्स तथा सेनिटाइजर प्रयोग गर्न उनले लेखेकी छिन्। साथै, कुनै शंकाजनक लक्षण देखिएमा परिवारका सदस्यहरु भन्दा पर बस्नुका साथै स्वास्थ्य जटिल बन्दै गएमा मात्र अस्पताल जान आग्रह गरेकी छिन्।

उनी लेख्छिन्, ‘यो लकडाउनको समयलाई भार हैन आभार सम्झनुहोला। आज सजक भयौँ भने भोलि सहज हुन्छ।’

 

विश्व माहामारीको रूपमा फैलिएको कोभिड-१९ काे संक्रमण नेपालमा पनि द्रुत गतिमा बढ्दै गर्दा नेपाल सरकारले जारी गरेको...

Gepostet von Barsha Siwakoti am Samstag, 1. Mai 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell