PahiloPost

May 15, 2026 | १ जेठ २०८३

राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विशेष अधिवशेन आह्वान गरेकी छन्। बजेट अधिवेशन आह्वानको पूर्वसन्ध्यामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले विशेष अधिवेशन आह्वान गरेकी हुन्। वैशाख २७ गते दिनको १ बजे अधिवेशनको पहिलो बैठक बस्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरिएको हो। 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अधिवेशन आह्वानको सिफारिस गरेको थियो। 

आइतवार नै बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा समेत ओलीले विश्वासको मत लिने विषयमा छलफल गरेका थिए। 

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग गरेसँगै माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन ओलीले चुनौती दिँदै आएका थिए। माओवादी केन्द्रले भने नयाँ सरकार गठनका लागि पहल भइरहेको र बलियो गठबन्धन नबनेसम्म समर्थन फिर्ता नहुने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell