PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

आन्तरिक र भारतसँगको हवाइ उडान बन्द गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

आन्तरिक र भारतसँगको हवाइ उडान बन्द गर्ने सरकारको निर्णय
फाइल फोटो

काठमाडौं ः कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले भारतसँगको हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबारको आइतबार मध्यरातदेखि लागू हुनेगरि उडान बन्द गर्ने निर्णय गरेको हो।

बैठकले आन्तरिक हवाइ उडान पनि बन्द गर्ने निर्णय गरेको छ।

आन्तरिक र भारतसँगको दुबैतर्फको उडान सोमबारदेखि नै रोक लगाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

भारतमा कोरोना संक्रमण बढेर उच्च बिन्दुमा पुगे पनि हवाइ उडान निर्वाध रुपमा हुँदै आएका थिए। केही दिनअघि मात्र कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले सीमा नाका बन्दको निर्णय गरेको थियो। आन्तरिक रुपमा पनि हवाइ उडान सञ्चालनमा राखेको भन्दै सरकारको आलोचना भइरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell