PahiloPost

May 15, 2026 | १ जेठ २०८३

हैदराबादमाथि राजस्थानको जित, बटलरको सानदार शतक



पहिलोपोस्ट

हैदराबादमाथि राजस्थानको जित, बटलरको सानदार शतक
Photo: IPL

इण्डियन प्रिमियर लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि सानदार जित निकालेको छ। नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा राजस्थानले हैदराबादमाथि ५५ रनको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद १६५ रनमा समेटियो। आजको खेलबाट हैदराबादको कप्तानी केन विलियमसनले सम्हालेका थिए।

सुरुवाती ब्याटिङ गरेको राजस्थानका लागि जोस बटलरले शतकीय पारी खेल्दै ६४ बलमा ११ चौका र ८ छक्काको सहायतामा सर्वाधिक १२४ रन जोडे। त्यस्तै कप्तान सञ्जु सामसनले ४८ रनको महत्वपूर्ण योगदान दिए। बलिङतर्फ हैदराबादका सन्दीप शर्मा, राशिद खान र विजय शंकरले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रनमा समेटियो। हैदराबादका लागि मनिष पाण्डेले सर्वाधिक ३१ रन बनाउँदा जोन्नी बेयर्स्ट्रोले ३० रन बनाए। त्यस्तै कप्तान केन विलियमसनले २० रन बनाउँदा अन्य ब्याट्सम्यानको स्कोर खास बन्न सकेन। हैदराबादलाई सस्तैमा समेट्न मुस्ताफिजुर रहमानले र क्रिस मोरिसले सर्वाधिक समान ३/३ विकेट लिँदा कार्तिक त्यागी र राहुल तेवातियाले १/१ विकेट लिए।

जितसँगै ७ खेलबाट ६ अंक जोडेको राजस्थान तालिकाको पाँचौ स्थानमा छ भने त्यति नै खेल खेलेर २ अंक जोडेको हैदराबाद तालिकाको पुछारमा छ।

आजै अर्को खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell