PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपाल सुपर लिग : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

नेपाल सुपर लिग : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसी र पोखरा थण्डर्स बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी र पोखरा थण्डर्स गोलरहित बराबरीमा रोकिएका हुन्।

जारी सिजनमा ४ खेल खेलेको ललितपुरको यो लगातार तेस्रो बराबरी हो। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग पराजय ब्यहोरेयता ललितपुर लगातार तीन खेलमा बराबरी खेल्दै ३ अंक जोडेको छ। ललितपुर तालिकाको छैठौ स्थानमा छ। उता पोखराले ४ खेलमा १ जित, २ बराबरी र १ पराजय ब्यहोर्दै ५ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell