PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

निषेधाज्ञाको चौथो दिनः सडकमा बढाइँदै कडाइ, पुरानै प्रश्न, ‘तपाईंको मास्क खोई?’

निषेधाज्ञाको चौथो दिनः सडकमा बढाइँदै कडाइ, पुरानै प्रश्न, ‘तपाईंको मास्क खोई?’

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोरोना संक्रमण तीव्र फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको चौथो दिन पूरा भएको छ। आइतबार हालसम्मकै धेरै कोरोना संक्रमित पहिचान समेत भएका छन्। कूल सात हजार २११ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणदर उच्च दरमा बढिरहेको छ। 

निषेधाज्ञामा सडकमा पनि सुरक्षाकर्मीले कडाइ गरेका छन्। अत्यावश्यकबाहेक अन्य काममा बाहिर निस्किएकालाई होल्डिङ जोनमा राखिएको छ। मास्क नलगाउनेलाई सधैझैं सुरक्षाकर्मीले तपाईंको मास्क खोई भन्ने प्रश्न सोधिरहेका छन्। 

अत्यावश्यक सेवा र व्यवसाय बाहेकका अन्य सवारीसाधनलाई निषेध गरिएको छ। यद्यपि अझै पनि प्रभावकारी रुपमा निषेधाज्ञा पालना हुन नसकेको गुनासो पनि आइरहेकै छ। 



ट्रेन्डिङ पोस्ट

Ncell