PahiloPost

May 15, 2026 | १ जेठ २०८३

टोटेनहमको सानदार जितमा बेलको ह्याट्रिक



पहिलोपोस्ट

टोटेनहमको सानदार जितमा बेलको ह्याट्रिक

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हटस्परले सेफिल्ड युनाइटेडमाथि सानदार जित निकालेको छ। टोटेनहम हट्पर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले अंकतालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडमाथि ४-० को सानदार जित निकालेको हो।

टोटेनहमको जितमा ग्यारिथ बेलले ह्याट्रिक गरे। उनले खेलको ३६, ६१ र ६९ मिनेटमा गोल गरेका थिए। त्यस्तै सन ह्युङ मिनले ७७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै गएराति नै सम्पन्न ईपीएलकै अर्को खेलमा आर्सनलले न्यु क्यासलमाथि २-० गोलअन्तरले जित निकालेको थियो।

टोटेनहम ३४ खेलबाट ५६ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ। त्यस्तै आर्सनल ४९ अंकसहित तालिकाको ९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell