काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र विराटनगर सिटी एफसी भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा चितवन र विराटनगर प्रतिस्पर्धामा उत्रने छन्।
प्रतियोगितामा २ खेलमा बराबरी र १ खेलमा पराजय ब्यहोरेको चितवन पहिलो जितको खोजीमा मैदानमा उत्रने छ। उता समान १ जित, १ हार र १ बराबरी खेलेको विराटनगर जित निकाल्दै शीर्षस्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रने छ। अंकतालिकामा ४ अंक जोडेको विराटनगर चौथो स्थानमा र २ अंक जोडेको चितवन तालिकाको पुछारमा छन्।
प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, पोखरा थण्डर्स बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।
