PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख राहत दिने कर्णाली सरकारको निर्णय



पी बी खड्का

कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख राहत दिने कर्णाली सरकारको निर्णय

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुने घरपरिवारलाई राहत रकम उपलब्ध गराउने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयबाट कोरोनाको कारण मुत्यु भएका व्यक्तिको घरपरिवारलाई प्रति मृतक एक लाखका दरले रकम उपलब्ध गराउने भएको हो।

सामाजिक विकास मन्त्रालयले आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम दिईने सरकारको प्रवक्ता विमला केसीले जानकारी दिइन्।

त्यस्तै, मन्त्रिपरिषद्को निर्णयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गरेको छ। विषयगत मन्त्रालयहरुबाट समर्पण भएको एवं आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट ५० करोड रुपैयाँ अस्पताल र स्वास्थ्य संस्थाहरुलाई दिने भएको छ।

प्रत्येक जिल्ला अस्पतालहरुमा एक करोडका दरले र प्रदेश अस्पताल सुर्खेतमा एक करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक करोड, चौरजहारी अस्पताल रुकुममा एक करोड, मेहेलकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५० लाखका दरले दिने भएको छ। यो रकम कोरोनासँग सम्बन्धित समस्याहरु समाधान गर्न अति आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन आपूर्तिका लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट दिने निर्णय गरेको भएको हो।

सार्वजनिक बिदा दिने निर्णय

त्यसैगरी, मन्पिरिषद्को निर्णयले धान दिवसको अवसरमा असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक विदा दिने भएको छ  भने, चैत १२ गते जुम्लामा मात्रै बिदा दिने भएको छ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा समेत साउन १ गते प्रदेश भर, प्रदेश स्थापना तथा शहिद दिवस भाद्र ४ गते, श्रीकृष्ण जन्माष्टमी भाद्र १४ गते, असोज शुक्ल पूर्णिमामा कार्तिक ३ गते प्रदेश भर सार्वजनिक विदा दिने निर्णय गरेको छ। त्यस्तै, चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला असोज कृष्ण त्रयोदशीका दिन समेत जुम्लामा मात्रै विदा दिने निर्णय गरेको छ।

यी हुन् वैशाख १७ गते बसेको मन्त्रिपरिषदको थप निर्णय :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell