PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मरिसकेका व्यक्तिलाई 'ज्युँदो' बनाउँदै जग्गा कीर्ते गर्नेहरु पूर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

मरिसकेका व्यक्तिलाई 'ज्युँदो' बनाउँदै जग्गा कीर्ते गर्नेहरु पूर्पक्षका लागि थुनामा

काठमाडौं : मरिसकेको मानिसको नाममा रहेको जग्गा कीर्ते गरेर ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका १० जनामध्ये केहीलाई अदालतले पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ।

जिल्ला अदालत झापाले आइतवार सात जनालाई पूर्पक्षका लागि कारागार चलान गर्ने निर्देशन दिएको छ। अदालतको आदेश अनुसार उनीहरुलाई कारागार कार्यालय, चन्द्रागढी लगिएको प्रहरीले जानकारी दिएको छ।

जेल चलान हुनेहरुमा झापाका ३९ वर्षीय मङ्गलसिंह राजवंशी, ५२ वर्षीय नवीन कोइराला, ३७ वर्षीय बलराम विश्वकर्मा, लेखनाथ खनाल, गोविन्द वान्तवा (मिलन), ७१ वर्षीय देवीप्रसाद पाण्डे, ३३ वर्षीय रञ्जु राई रहेका छन्। नवीन कोइराला नापी कार्यालयका पूर्व कर्मचारी हुन्। त्यस्तै भुपेदेव कटुवाल नेपाल विद्युत् प्राधिकरण फिक्कल शाखाका कर्मचारी भएको खुलेको छ।

त्यस्तै ५० वर्षीय लीलाधर राजवंशी, भुपदेव कटुवाललाई १ लाख ५० हजार धरौटी रकम मागेको थियो। तर रकम बुझाउन नसकेकाले उनीहरुलाई पनि कारागार पठाइको छ।

 मोरङका ४८ वर्षीय राजन विश्वकर्मा ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीको अनुसन्धानपछि उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। त्यस्तै, अन्य ६ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ। फरार हुनेहरूमा भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुर झापाका अधिकृत चेतन अधिकारी, गौरादह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बलराम खरेल, भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुर झापाका तत्कालीन नायव सुब्बा हरि तिवारी  लगायत रहेका छन्।

उनीहरूले झापा बिर्तामोड नगरपालिका वडा नम्बर १ मा रहेको टुंग बहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा कीर्ते गरेर ठगी गरेको प्रहरीले जानकारी दिएको छ। मृत्यु भएका बस्नेतको नागरिकतामा भएको विवरण समावेश भएको नक्कली नागरिकता बनाई गत असोज २८ गते  मङ्गलसिंह राजवंशीको नाममा वारेशनामा बनाएको र उक्त वारेशनामा मार्फत् झापा बिर्तामोडका रञ्जु राईको नाममा राजीनामा पास गरेको खुलेको थियो।

पूर्व कर्मचारी र मालपोत कार्यमा आवतजावत गरिरहने जग्गाको कारोबारमा संलग्न व्यक्तिहरूको मिलेमतोमा ३ वर्ष अगाडिबाट भेला भएर योजना बनाएको खुलेको थियो।

उनीहरू विरुद्ध ठगी,सरकारी छाप दस्तखत कीर्ते,आपराधिक लाभ तथा सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell