PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

चार खेलको जितविहीन शृङखला पछि ललितपुरको प्रशिक्षक परिवर्तन, हुमागाइको स्थानमा तामाङ



पहिलोपोस्ट

चार खेलको जितविहीन शृङखला पछि ललितपुरको प्रशिक्षक परिवर्तन, हुमागाइको स्थानमा तामाङ

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा हिजोको खेलमा ललितपुर सिटी पोखरा थण्डर्ससँग बराबरीमा रोकियो। ललितपुरले पहिलो खेलमा पराजय ब्यहोरेयता यो सिजन लगातार तेस्रो खेलमा बराबरी खेलेको थियो।

लगातार ४ खेलमा जित निकाल्न नसकेपछि ललितपुर सिटीको मुख्य प्रशिक्षकबाट प्रदीप हुमागाइ पदमुक्त भएका छन्। आज क्लबले एक विज्ञप्ति निकाल्दै हुमागाइलाई आपसी समझदारीमा जिम्मेवारीमुक्त गराइएको जनाएको हो।

 

Lalitpur City FC and Pradeep Humagain have parted ways by mutual consent. Mr. Pradeep Humagain handed in a formal...

Posted by Lalitpur City Football Club on Sunday, May 2, 2021

जारी प्रतियोगितामा टिमको फितलो प्रदर्शनको कारण हुमागाइँलाई राजीनामा मागिएको र उनले खराब नजिताको शृङखलाको जिम्मेवारी लिँदै राजीनामा दिएको बताइएको छ। उनको स्थान अब ललितपुर सिटीकै सहायक प्रशिक्षक राजु तामाङले लिनेछन्।

हुमागाइले हिजोको खेलपछि सामाजिक सञ्जालमा सबै खेलको जिम्मेवारी आफूले लिँदै राजीनामा दिएको भनेर राजीनामा पत्र नै राखेका छन्।

With respect I have submitted my resignation paper to the club thank you for your support and all all the team . Long way to go Awasome support and I am the responsible person for our performance sry .

Posted by Pradip Humagai on Sunday, May 2, 2021

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell