PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

निषेधाज्ञा जारी गर्ने जिल्ला थपिँदै : सोमवार बिहानसम्म ४१ जिल्लामा निषेधाज्ञा



पहिलोपोस्ट

निषेधाज्ञा जारी गर्ने जिल्ला थपिँदै : सोमवार बिहानसम्म ४१ जिल्लामा निषेधाज्ञा

काठमाडौं : देशभर कोभिड १९ संक्रमित थपिएसँगै निषेधाज्ञा जारी गर्ने जिल्लाहरु पनि थपिँदै गएको छ। आइतवार ३१ वटा जिल्लाहरुमा पूर्ण तथा अंशिकरुपमा निषेधाज्ञा जारी गरिएको थियो। सोमवार बिहान ८ बजेसम्म निषेधाज्ञा हुने जिल्लाको सङ्ख्या ४१ पुगेको छ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार थप १० वटा जिल्लामा निषेधाज्ञा गरिएको हो। बाँकेको नेपालगञ्ज उप-महानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा सोमवार बिहानसम्म ४१ वटा जिल्लामा पुगेको छ। धनुषा जिल्लाले मंगलवारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ।

बाँके, सुर्खेत,काठमाडौं, ललितपुर, भक्तपुर,कस्की, कैलाली,पर्सा, दाङ,कञ्चनपुर,चितवन,पाल्पा, रुपन्देही, सुनसरी, सल्यान, जाजरकोट, रुकुम पश्चिम, डेल्धुरा, झापा,गुल्मी, प्युठान, उदयपुर, नुवाकोट, बझाङ,दैलेख, बैतडी, अर्घाखाँची, ताप्लेजुङ, रामेछाप, कपिलबस्तु, स्याङ्जा, कालिकोट, मकवानपुर, बाजुर, गोरखा, काभ्रे, मोरङ,  दार्चुला, लगायत जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ। केही जिल्लाको निश्चित क्षेत्रमा मात्र निषेधाई गरिएको छ।

बाँकेमा बैशाख १३ गते रातीबाट जारी भएको निषेधाज्ञा २० गते राती १२ बजेसम्मका लागि लागू गरिएको छ। काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि २२ गतेसम्मको लागि निषेधाज्ञा  जारी गरिएको छ। तर, उपत्यकाको हकमा मन्त्रिपरिषद्को बैठकले १५ दिनसम्म निषेधाज्ञा गर्न निर्देशन दिएको छ। उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सोमवार बैंठक बसेर निषेधाज्ञा थप गर्ने निर्णय गर्ने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell