PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

महामारीमा स्वास्थ्यकर्मी : कतै भ्याईनभ्याई, कतै 'काम गर्न पाउँ' भनी निवेदन दिने नै पारिए अलपत्र



पी बी खड्का

महामारीमा स्वास्थ्यकर्मी : कतै भ्याईनभ्याई, कतै 'काम गर्न पाउँ' भनी निवेदन दिने नै पारिए अलपत्र

सुर्खेत : कोभिड - १९ संक्रमणको दोस्रो लहरले देश आक्रान्त छ। संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी स्वयं संक्रमित भएर कतिपय स्वास्थ्य संस्थाहरुले स्वास्थ्यकर्मी अभाव झेलिरहेका छन्।

तर, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकामा भने स्वास्थ्यकर्मी काम नपाएर अलपत्र परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले खटाएका स्वास्थ्यतर्फका ३६ जना कर्मचारी काम गर्न पाउनुपर्ने माग गर्दा पनि काम नपाएर अलपत्र परेका हुन्।

२०७७ चैत २६ गतेको मन्त्रीस्तरको निर्णय र चैत ३१ गतेको सचिव स्तरको निर्णयले विभिन्न स्थानमा रहेका कर्मचारी रमना लिएर नगरपालिकामा हाजिर हुन आएका थिए। तर अझै पनि उनीहरुको हाजिर हुन सकेका छैन।

बेकामे बनेपछछि स्वास्थ्यकर्मीले पटक पटक हाजिरी गराउन निवेदनसहित आग्रह गरे। उनीहरुलाई नगरपालिकाले अलपत्र पारेको सिनियर अहेव उदयबहादुर थापा क्षेत्रीको आरोप छ।

‘सरकारले नै निर्णय गरेर हामीलाई नगरपालिकामा पठाएको हो,’ उनले भने, ‘विभिन्न स्थानमा कार्यरत हामी रमना लिएर हाजिरी हुन निवेदन दिँदासमेत हाजिरी गराइएको छैन।’

रमना लिएर आएका स्वास्थ्यकर्मीले आफूहरु अलपत्र परेको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष न्यायका लागि निवेदन दिएका छन्।

यता, नगरपालिकाले वीरेन्द्रनगर नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको दरबन्दी पुरा भैसकेकाले हाजिरी गराउन नसकिने जनाएको छ।

वैशाख १३ गतेमात्रै मन्त्रालयलाई पत्र लेखेर दरबन्दी सिर्जना गरी पद दर्ता भई आएमा स्वीकृत पदमा मात्र हाजिरी लगाएर कामकाजमा लगाउन सकिने जनाएको छ। यद्यपि, पद र दरबन्दी स्वीकृत नभएसम्म कामकाजमा लगाउन नसकिने उल्लेख गरेको छ।

त्यस्तै, यसअघि नगरपालिकाभित्र नेपाल स्वास्थ्य सेवा तर्फका विभिन्न पदका ४४ जना कर्मचारीहरुलाई नगरपालिकामा कामकाज गर्न खटाइएको हुदाँ नगरपालिकामा हाजिरी गराई कामकाज गराउन नसकिने भन्दै फिर्ता पठाउन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell