PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लुम्बिनी प्रदेश : महिला प्रदेशसभा सदस्यमाथि प्रहरीले गरेको ज्यादतीको विपक्षी दलद्वारा निन्दा



पूजा पन्थी

लुम्बिनी प्रदेश : महिला प्रदेशसभा सदस्यमाथि प्रहरीले गरेको ज्यादतीको विपक्षी दलद्वारा निन्दा

बुटवल : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्त गर्दा प्रदेश प्रमुखको कार्यालयमा रहेका महिला प्रदेशसभा सदस्यहरु माथि प्रहरीले गरेको ज्यादतीको निन्दा गरेका छन्।

मुख्यमन्त्री बनाइएका पोखरेल अल्पमतमा रहेको भन्दै ४२ प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए।

प्रदेश प्रमुखको कार्यालयमै प्रदेश प्रहरी प्रमुख डिआइजी रबिन्द्र धानुकले महिला प्रदेशसभा सदस्यमाथि हातपात एव संवेदनशील अंगहरूमा छोएको भन्दै धानुकको निलम्बनको मागसमेत गरेका थिए।

धानुकले प्रदेशसभा सदस्यहरु निर्मला क्षेत्री, पुर्मती ढेगा, लौटी थारु, सुस्मा यादब, पुस्पा थरुनी, गिता थापा लगायतमाथि अभद्र ब्यवहार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी सचेतकसमेत रहेकी क्षेत्रीले आफुहरुमाथि यस्तो ब्यवहार गर्ने प्रहरीले जनताको सेवा कसरी गर्छन भन्दै प्रश्न गरिन्।

धानुकविरुद्ध कानूनी उपचार पनि खोज्ने नेपाली कांग्रेसका सचेतक क्षेत्रीले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell