PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

आज बिहानसम्म लुम्बिनी प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु



पहिलोपोस्ट

आज बिहानसम्म लुम्बिनी प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु

काठमाडौं : सोमवार बिहानसम्म लुम्बिनी प्रादेशिक अस्पतालमा थप ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रुपन्देहीसहित अर्घाखाँची, कपिलवस्तु र सल्यानका रहेको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए।
सारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको आज विहान ६:५८ बजे मृत्यु भएको हो। १८ गते कोभिड-१९ पोजिटिभ रिपोर्ट आई सोही दिन नै लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनमा ज्वरो र स्वासप्रश्वासमा समस्या भई उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। 

त्यस्तै, बुटवल ११ रुपन्देहीका ६५ वर्षीय पुरुषमा वैशाख १६ मा कोभिड-१९ पोजिटिभ रिपोर्ट आई १८ गते देखि कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकामा आज १९ गते दिउँसो ३:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। 

त्यस्तै, बुटवल ९ रुपन्देहीका ६१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। १७ गते कोभिड-१९ पोजिटिभ रिपोर्ट आई १९ गते नै प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा १९ गते साँझ ८:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। 

त्यस्तै, बुटवल ४ का ८४ वर्षीय पुरुषको बिहान १:२४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। १९ गते कोभिड-१९ पोजिटिभ रिपोर्ट आएलगत्तै लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको मृत्यु भएको हो। 

त्यस्तै, कपिलवस्तु शिवराज-७ का ४३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। १७ गते कोभिड-१९ पोजिटिभ रिपोर्ट आई १७ गते देखि नै लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको विहान ९:५० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

त्यस्तै धातिवाङ्ग ८ अर्घाखाँची निवासी ७५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। १५ गते कोभिड-१९ पोजिटिभ रिपोर्ट आएकोमा वैशाख २० गते विहान २:१८ बजे अस्पताल ल्याउँदा मृत्यु भएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell