PahiloPost

May 15, 2024 | २ जेठ २०८१

आईपीएलमा कोरोना प्रभाव: कोलकताका दुई खेलाडी संक्रमित, आजको खेल स्थगित



पहिलोपोस्ट

आईपीएलमा कोरोना प्रभाव: कोलकताका दुई खेलाडी संक्रमित, आजको खेल स्थगित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज हुने भनिएको रोयल च्यालेन्जर्स बेङ्ग्लोर र कोलकता नाइट राइडर्सबीचको खेल स्थगित भएको छ। कोलकताका दुई खेलाडी कोरोना संक्रमित भएपछि आजको खेल स्थगित भएको हो। खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ पौने ८ बजे सुरु हुने निर्धारित थियो।

जारी सिजनको आईपीएल सुरु हुनुअघि पनि धेरै खेलाडीहरु कोरोना संक्रमित भएका थिए। जसमा नितिश राना, देवदत्त पार्डिकल, अक्षर पटेल लगायतका खेलाडीहरु थिए। यद्यपि आईपीएलका क्रममा भने बायो बबल बनाएर कोभिडबाट खेलाडी सुरक्षित रहँदै आएका थिए। कोलकत्ताका बरुण चक्रवर्ती र सन्दीप वारियर्सलाई कोभिड पोजेटिभ देखिएको इएसपीएनक्रिकइन्फोले जनाएको छ। यसबाहेक अन्य खेलाडीको कोभिड टेस्टमा संक्रमण नदेखिएको आईपीएलले जनाएको छ। 

कोलकताले एक विज्ञप्ति जारी गर्दै अन्य सम्भाविक केसहरु रोक्न दैनिक टेस्टहरु गराउने जनाएको छ। त्यस्तै आईपीएलले तीनदिनसम्म होटलमा आईसोलेट हुन कोलकतालाई निर्देशन दिएको बताइएको छ।

भारतीय मिडियाको दावीलाई मान्ने हो भने कोलकत्ताले मार्चको अन्तिम हप्तामा मुम्बइमा एक होटलमा बायो बबल बनाएर खेलाडीहरुलाई राखेको थियो। र, अप्रिलको दोस्रो हप्तामा टोली चेन्नइ गयो। त्यहाँ पनि टिम बायो बबलमै थियो। तर १८ अप्रिलमा टिम फेरि फर्किएर मुम्बइ पुग्यो। र, मुम्बइमा फेरि फर्किएर आउँदै बायो बबलमा लापारवाही भएकाले कोरोना संक्रमण फैलिएको सूत्रको हवाला दिँदै दैनिक भाष्करले दाबी गरेको छ।

भारतमा पछिल्लो समय कोभिडको संक्रमण ह्वात्तै बढेको छ। आईपीएलमा पनि रविन्द्रन अश्विनले यसअघि कोभिडमा परिवारसँगको साथ आवश्यक भएको भन्दै प्रतियोगिताबाट बाहिरिएका थिए भने तीन जना अस्ट्रेलियन क्रिकेटहरु पनि प्रतियोगितालाई बीचमै छाडेर स्वदेश फर्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell