A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab274fe603a19.52259801): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab274fe603a19.52259801,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab274fe64d178.51129959): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab274fe64d178.51129959,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कोरोना संङ्क्रमण बढ्दै गएपछि हास्यकलाकार हरिवंशको सुझाव, 'मनमा संङ्कटकाल लगाएर बस्नुपर्छ'
PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

कोरोना संङ्क्रमण बढ्दै गएपछि हास्यकलाकार हरिवंशको सुझाव, 'मनमा संङ्कटकाल लगाएर बस्नुपर्छ'



लक्ष्मी बलायर

कोरोना संङ्क्रमण बढ्दै गएपछि हास्यकलाकार हरिवंशको सुझाव, 'मनमा संङ्कटकाल लगाएर बस्नुपर्छ'

काठमाडौंः गएको असोजमा हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भयो। उनी मात्र सङ्क्रमित भएनन्,उनकी श्रीमतीमा पनि कोभिड १९ पोजेटिभ देखियो।  कोरोना सङ्क्रमणको अनुभव भोगेका आचार्य अहिले देशभर बढ्दै गएको संक्रमितको सङ्ख्यालाई हेरेर सबै जना सुरक्षित बस्नुपर्ने बताउँदै आएका छन्।

पहिलेको भन्दा कडा प्रकृतिको कोरोना देखिएको बुझेका आचार्य सबैलाई घरभित्र नै सुरक्षित भए बस्न आग्रह गर्छन्। उनी मनमा नै सङ्कटकाल लगाएर बस्नु पर्ने बताउँछन्।

उनी भन्छन्,'यो बेला आफ्नो मनमा सङ्कटकाल लगाएर बस्नुपर्छ। मनमानी गर्नुभएन, जिन्दगीलाई कसरी बचाउने भनेर सोच्ने बेला आएको छ।'

कोरोना सङ्क्रमण फैलिँदै गएपछि स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको छ। निषेधाज्ञाले हास्यकलाकार हरिवंशलाई नछुने भन्ने कुरै भएन। उनी पनि परिवारसँगै घरमा नै बसिरहेका छन्।

कोरोनाको सङ्क्रमण हुँदा कस्तो हुन्छ भन्ने अनुभव लिइसकेकाले पनि उनी बढी सजक बनेका छन्। निषेधाज्ञा अघि उनी आफ्नो घर काभ्रे जान चाहन्थे। तर लकडाउनले उनलाई काठमाडौंको सोह्रखुट्टेस्थित घरमा नै बस्न बाध्य बनायो।

चार दिनदेखि घरभित्र नै बसिरहेका हाँस्यकलाकार हरिवंश फुर्सदिला भने छैनन्। घरभित्र नै उनले आफूलाई व्यस्त बनाइरहेका छन्। स्क्रिप्ट लेखनदेखि किताब निकाल्ने तयारीमा समेट जुटेका छन्। उनले यसअघि पनि उपन्यास 'चिना हराएको मान्छे' र 'हरिबहादुर' लेखिसकेका छन्।

'एउटा पुस्तकको पाण्डुलिपिलाई पुग्ने सामाग्रीहरू जम्मा भइसकेको छ। तर व्यवस्थित गर्न पाइरहेको थिएन। अब भाषा शुद्धशुद्धीको लागि यताउता सम्पर्क गर्ने काम भइरहेको छ,' हरिवंशले सुनाए।

बिहीबारबाट लागु भएको निषेधाज्ञा कहिलेसम्म लम्बिने हो कुनै टुङ्गो छैन। तर हरिवंश भने चाँडै कोरोनाको त्रास हटेर जानेमा आशावादी छन्। त्यसैले कोही पनि नआत्तिए र सुरक्षित बस्न सुझाव दिन्छन्। गत वर्षको ५ महिनाभन्दा लामो लकडाउनमा उनले फिल्म र विभिन्न किताबहरू पढेर समय कटाएका थिए। 

यो पटकको दैनिक अलिक फरक भएको छ। किताबको कामसँगै हरिवंश कोरोना सम्बन्धी जनचेतनामूलक कार्यमा समेत अघि बढिरहेका छन्। आइतबार मात्रै उनको कोरोना सम्बन्धी 'अर्को जुनी खै कुन्नि' बोलको जनचेतनामूलक गीत सार्वजनिक भइसकेको छ।

यसका साथै समाजमा जनचेतना फैलाउनको लागि जनचेतनामूलक टेलिफिल्म बनाउने कुराहरू समेत भइरहेको सुनाए उनले। त्यसको लागि स्क्रिप्ट बनाउने काम गरिरहेका छन् उनी।

आफू मात्र बाँच्ने भन्दा पनि परिवार, छिमेकी र सबैको जीवन कसरी बचाउने सोच्न आवश्यक रहेको उनी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell