PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘घुम्न जाउँ न सानु’ मा सरोजलाई आश्माको थप्पड



पहिलोपोस्ट

‘घुम्न जाउँ न सानु’ मा सरोजलाई आश्माको थप्पड

सरोजलाई उनका साथी गर्लफेन्ड बनाउन सक्दैनस् भनेर जिस्काउन थाल्छन्। यतिकैमा आश्मा आएको कुरा थाहा पाउँछन् सरोजका साथीले। अनि भन्छन् सरोजलाई। आश्मा अर्थात सरोजको स्कुले साथी। जसलाई सरोजले १० पटक प्रेम प्रस्ताव राख्दा १० थप्पड खाएका थिए। तर सरोज भने आश्मा भएतिरै कुद्छन्। यो दृश्य हो 'घुम्न जाउन सानु' गीतको।

संगीतकार राम सिटौलाको शब्द र संगीत रहेको 'घुम्न जाउन सानु' बोलको गीत सार्वजनिक भएको छ। जसमा शैलेन्द्र मुडभरीले स्वर भरेका छन्।

गीतको भिडियोमा काटुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ।

सरोजको निर्देशन र कन्सेप्टमा बनेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेका हुन् भने सरोज र पेम्बा मगरले कोरियोग्राफी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell