PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : निषेधाज्ञा थप कडा बनाइने, ५० प्रतिशत जोखिम भत्ता



पहिलोपोस्ट

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : निषेधाज्ञा थप कडा बनाइने, ५० प्रतिशत जोखिम भत्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञा थप कडा पारिने बताएका छन्।

आज दिउँसो बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोभिड-१९ नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरेको बताए। विज्ञहरुको सुझावको आधारमा निषेधाज्ञा जारी भएको र थप कडा हुने उनको भनाई छ।

'महामारी नियन्त्रणका लागि सबै संयन्त्र परिचालन भएका छन्। एक हदसम्म लकडाउन गर्नपर्छ भन्ने सुझावका आधारमा निषेधाज्ञा थप कडा बनाइँदै छ,' उनले भने।

गृहमन्त्रालयले दिएको जानकारी अनुसार ४१ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

प्रधानमन्त्री ओलीले महामारीमा खटिएका सुरक्षाकर्मी, चिकित्सक, सरसफाइकर्मी र चालकलाई ५० प्रतिशत जोखिम भत्ता दिइने जानकारी पनि दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell