PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

कोभिड नियन्त्रणका लागि अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई करारमा भर्ना गरिने, जोखिम भत्ता ५० प्रतिशत



पहिलोपोस्ट

कोभिड नियन्त्रणका लागि अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई करारमा भर्ना गरिने, जोखिम भत्ता ५० प्रतिशत

काठमाडौं: सरकारले कोभिड १९ संक्रमण नियन्त्रणका लागि अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने जानकारी दिएका हुन्।

त्यसैगरी प्रधानमन्त्री ओलीले कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने पनि जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell