PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

माओवादी कोटाका प्रदेश प्रमुख ओलीले हटाए, गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त



पहिलोपोस्ट

माओवादी कोटाका प्रदेश प्रमुख ओलीले हटाए, गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त

काठमाडौंः दलीय राजनीतिक दाउपेच बढ्दै जाँदा सरकारले दुई प्रदेश प्रमुख फेरेको छ। नेकपा (माओवादी केन्द्र) को सिफारिसमा यसअघि प्रदेश प्रमुख बनेका दुईलाई मन्त्रिपरिषदको सोमबारको बैठकले हटाएको हो। 

निर्णय अनुसार गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरिएको हो। यसअघि पनि नेपाली कांग्रेसको पालामा नियुक्त गरिएका प्रदेश प्रमुखलाई हटाएर वर्तमान सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो। 

मन्त्रिपरिषद्ले रिक्त पदमा सीता पौडेल र गंगाप्रसाद यादवलाई सिफारिस गरेको छ। पौडेललाई गण्डकी र यादवलाई सुदूरपश्चिमको प्रदेश प्रमुखमा सिफारिस गरिएको हो। 

पौडले प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लहाकार समेत हुन् भने यादव पूर्व उपसभामुख हुन्। माओवादी कोटाबाट प्रदेश २ को प्रमुख नियुक्त तिलक परियार यसअघि नै पदमुक्त भइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell