PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

एमालेबाट राजीनामा दिएका लुम्बिनीका सांसद पाण्डे कांग्रेसमा प्रवेश, राष्ट्रियसभाको उम्मेदवार बनाइने



पहिलोपोस्ट

एमालेबाट राजीनामा दिएका लुम्बिनीका सांसद पाण्डे कांग्रेसमा प्रवेश, राष्ट्रियसभाको उम्मेदवार बनाइने

बुटवलः नेकपा (एमाले) को सांसदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डे नेपाली कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पाण्डे कांग्रेसमा प्रवेश गरेको बताए।

पाण्डेले आइतबार प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए। सोमबार कांग्रेस प्रवेश गरेका हुन्।

प्रवेशसँगै उनलाई लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार बनाउने बताइएको छ। माओवादी केन्द्रबाट निर्वाचित चन्द्रबहादुर खड्कालाई पार्टीले कारबाही गरेपछि एक स्थान अहिले रिक्त छ। कानुनी व्यवस्था अनुसार रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन हुनुपर्ने छ।

उनलाई कांग्रेसले उम्मेदवार बनाउने तथा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सहयोग गर्ने समझदारी बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell