PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु, ७३ नयाँ संक्रमित थपिए



पहिलोपोस्ट

पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु, ७३ नयाँ संक्रमित थपिए

बुटवल : पाल्पामा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७३ जना नयाँ संक्रमित थपिएका छन्। आइतवार बेलुकी रम्भा गाउँपालिका-३ पिपलडाँडाका ७८ वर्षीय पुरुष र रामपुर नगरपालिका-१० गेझाका ५७ वर्षीय पुरुषको सोमवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

पाल्पामा एकै दिन ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोमवार कोरोना संक्रमणको दोस्रो लहर सुरु भए देखिकै सबै भन्दा बढी संक्रमित भेटिएका हुन्। जिल्लामा ९७ जनामा परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी पन्थीले जानकारी दिए।

संक्रमित हुनेहरुमा तानसेनका ४८ जना, निस्दी, तिनाउ र रामपुरका २/२ जना, बगनासकाली र पूर्वखोलाका ५/५ जना, रैनादेबी छहरा र रम्भाका १/१ जना, रिब्दीकोटका ४ जना र माथागढीका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४ सय ८४ पुगेको छ भने कोरोना संक्रमणकै कारण ४२ जनाको मृत्यु भएको छ। मृतक दुवै जना पुरुषको मिसन अस्पताल पाल्पामा उपचार गरिएको थियो। मृतक ७८ वर्षीय पुरुषमा मुटु सम्बन्धि समस्या रहेको बताइएको छ।

७८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो भने अर्का पुरुषलाई मिसन अस्पतालले उपचारपछि घर पठाएको थियो। पाल्पामा ४ सय ३६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell