PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलले गरे मन्त्रीमण्डल विस्तार, जसपाबाट थपिए दुई मन्त्री



पहिलोपोस्ट

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलले गरे मन्त्रीमण्डल विस्तार, जसपाबाट थपिए दुई मन्त्री

बुटवलः लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनः नियुक्ति भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई पुनः नियुक्त गरेका हुन्।

दुबै जना यसअघि पनि मन्त्री थिए। मुख्यमन्त्री पोखरेलले आइतबार राजीनामा दिएर पनुः नियुक्त भएपछि सोमबार उनीहरु दुबैको शपथ गराइएको हो।

उनीहरु दुबै जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्रीमण्डलमा सहभागी भएका हुन्।

पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र शर्मालाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाएका हुन्। दुई मन्त्री थपिएसँगै मन्त्रीमण्डल ७ सदस्यीय पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell