PahiloPost

May 15, 2026 | १ जेठ २०८३

पोखरामा एक हप्ते निषेधाज्ञा प्रभावहीन : मंगलबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द



पहिलोपोस्ट

पोखरामा एक हप्ते निषेधाज्ञा प्रभावहीन : मंगलबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पोखराः जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा थप कडाइ गर्ने निर्णय गरेको छ। वैशाख १५ गतेदेखिको जारी निषेधाज्ञा सकिनुभन्दा एक दिन अगावै निषेधाज्ञा कडाइ गर्ने निर्णय भएको हो। कोरोनाका कारण स्थिति भयावह हुने आशंकामा थप कडाइको निर्णय भएको हो।

यसअघिको निषेधाज्ञामा स्थानीय प्रशासनले निजी र सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा चल्न दिएपछि नगर क्षेत्रमा भीडभाड भएको थियो। अनावश्यक भीडभाड र संक्रमणको दर हेरेर प्रशासनले कडाइ गर्ने निर्णय गरेको हो।

कास्कीले वैशाख २१ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी १५ बुँदे आदेशमा तरकारी तथा फलफूल, खाद्यान्न, औषधिलगायत बाहेकका अन्य पसल बन्द गर्न भनिएको छ।

यसअघि सार्वजनिक तथा निजी सवारीसाधन चल्ने अनुमति पाए पनि सोमबारबाट चलाउन नपाउने प्रशासनले जनाएको छ।

प्रशासनले घरमा गरिने पूजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell