PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

गण्डकीमा प्रदेशमा सोमबार थपिए २०३ कोरोना संक्रमित



पहिलोपोस्ट

गण्डकीमा प्रदेशमा सोमबार थपिए २०३ कोरोना संक्रमित

पोखराः सोमबार गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप २०३ जनामा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा कास्कीका ४६ जना रहेका छन्। जसमध्ये ४५ जना पोखरा महानगरपालिकाका हुन् भने १ जना माछापुच्छ्रे गाउँपालिकाका हुन्।

यस्तै, बागलुङका ७१, नवलपुरका ३९, गोरखाका २१, स्याङ्जाका १४, पर्वतका ५, मनाङका ३, तनहुँ र लमजुङका २/२ जनामा संक्रमण देखिएको हो। त्यस्तै ६३ जनाले पछिल्लो २४ घन्टामा कोरोनालाई जितेका छन्।

योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ४२४ पुगेका छन्। कुल संक्रमितमध्ये १७ हजार ९ जना निको भएका छन्। जसमध्ये २३२ जनाको मृत्यु भएको छ। प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई हजार १८३ रहेका छन्। जसमध्ये कास्कीका एक हजार ३१५ जना छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell