PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको अत्यावश्यक बाहेकका सेवा स्थगित



पहिलोपोस्ट

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको अत्यावश्यक बाहेकका सेवा स्थगित

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द भएको छ। राजश्व संकलन काउन्टरमा कार्यरत एक कर्मचारी कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए।

उनले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सबै कर्मचारीको पीसीआर चेक गराइएको र अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए।

कँडेलले कार्यालय अचानक बन्द हुँदा सयौँ सेवाग्राही काम नबनी घर फर्किन बाध्य भएकोले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell