PahiloPost

May 15, 2026 | १ जेठ २०८३

प्रदेश २ मा थपिए २७९ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ३ हजार नाघ्यो



पहिलोपोस्ट

प्रदेश २ मा थपिए २७९ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ३ हजार नाघ्यो

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ९० जना महिला र १ सय ८९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए।

सोमवार पर्सामा सबैभन्दा बढी ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, धनुषामा ७३, सप्तरीमा ३९, महोत्तरीमा २२, सिरहामा २०, रौतहटमा १७, बारामा ९, सर्लाहीमा ६ र अन्य प्रदेशका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको वरिष्ठ चिकित्सक डा यादवले जानकारी दिए। प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ३० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell