PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपाल सुपर लिग : चितवनलाई हराउँदै विराटनगर शीर्षस्थानमा

नेपाल सुपर लिग : चितवनलाई हराउँदै विराटनगर शीर्षस्थानमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा एफसी चितवनलाई हराउँदै विराटनगर सिटी एफसी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगरले २-० गोलअन्तरको सहज जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पेड्रो माञ्जीले विराटनगरलाई अग्रता दिलाएका थिए। उनले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै, दोस्रो गोल सन्तोष तामाङले खेलको ८९ औं मिनेटमा थपे। र, विराटनगरले खेल २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

खेलको इमर्जिङ प्लेयर विराटनगरका सुरज ठकुरी बने। त्यस्तै त्यस्तै सुपर प्लेयर अफ दी म्याच विराटनगरका कप्तानसमेत रहेका रञ्जित धिमालले बने। सुपर प्लेयर बनेका धिमालले आफ्नो प्रदर्शनलाई फिटनेसले केही प्रभावित पारेको बताउँदै लिगको टपमा पुग्दा खुशी लागेको बताए।

‘गएको म्याचहरुमा पुरै फिट नभएकोले राम्रो प्रदर्शन दिन सकिरहेको छैन। ह्यामस्ट्रिङको समस्याले हो। अहिले राम्रो हुँदैछ,’ पोस्टम्याच प्रेजेन्टेसनमा उनले भने, ‘हाम्रो लक्ष्य टाइटल जित्ने हो। त्यही अनुसारले मेहेनत गर्दै जाने हो। त्यसका लागि अझै मेहेनत गर्नुपर्छ अगाडिको खेलहरुमा।’

जितसँगै ४ खेलमा २ जित १ हार र १ बराबरी खेलेको विराटनगर ७ अंकसहित अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। त्यस्तै समान ७ अंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा छ। एफसी चितवन भने प्रतियोगितामा जितविहीन छ। ४ खेलमा २ बराबरी २ हार व्यहोर्दै २ अंक जोडेर तालिकाको पुछारमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell