PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु



एम बम

कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

कैलाली : कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको हो।

महिलाको  मङ्गलवार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

महिलाको गत १२ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो भने पुरुषको सोमबार मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरूको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएकोमा उनको मङ्गलवार बिहान ३ बजेको समयमा मृत्यु भएको हो।

यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति ९ बजेको समयमा मृत्यु भएको हो।

यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि गत १४ गते एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेको समयमा मृत्यु भएको जनाइएको छ।

यस्तै सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको मृत्यु भएको छ। सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। पीसीआर रिपोर्ट पोजेटिभ आएकोमा राति २ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell