गएको २४ घन्टामा भारतमा ३ लाख ५७ हजार २ सय २९ नयाँ कोभिड १९ का संक्रमित भेटिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यस अवधिमा ३ हजार ४ सय ४९ जना संक्रमितको मृत्यु भएको छ।
नयाँ संक्रमित थपिएजस्तै २४ घन्टामा निको हुनेको संख्या पनि ३ लाख २० हजार २ सय ८९ रहेको छ। अहिलेसम्म भारतमा २ करोड २ लाख ८२ हजार ८ सय ३३ जनामा कोभिड १९ को संक्रमण रेकर्ड भएको छ। यीमध्ये १ करोड ६६ लाख १३ हजार २ सय ९२ जना निको भइसकेका छन्।
भारतमा कोरोना भाइरस संक्रमित हुनेमध्ये २ लाख २२ हजार ४ सय ८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिले ३४ लाख ४७ हजार १ सय ३३ जनामा एक्टिभ केस देखिएको छ। भारतमा अहिलेसम्म १५ करोड ८९ लाख ३२ हजार ९ सय २१ जनामा कोभिड १९ विरुद्धको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।
India reports 3,57,229 new COVID19 cases, 3,20,289 discharges and 3,449 deaths in the last 24 hours, as per Union Health Ministry
— ANI (@ANI) May 4, 2021
Total cases: 2,02,82,833
Total recoveries: 1,66,13,292
Death toll: 2,22,408
Active cases: 34,47,133
Total vaccination: 15,89,32,921 pic.twitter.com/Zr1mimN4vH
