PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पदमुक्त भएकोमा अमिक शेरचन खुसी : खुला जेलबाट मुक्त गरिदिनुभएकोमा राष्ट्रपतिलाई धन्यवाद



रिना थापा

पदमुक्त भएकोमा अमिक शेरचन खुसी : खुला जेलबाट मुक्त गरिदिनुभएकोमा राष्ट्रपतिलाई धन्यवाद

पोखरा : गण्डकी प्रदेशका प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले आफूलाई खुसी लागेको बताएका छन्। मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै उनले खुसी व्यक्त गरेका हुन्। शेरचनले पदमुक्त गरिदिएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाईसमेत धन्यवाद दिए।

'पदमुक्त भएकोमा अन्त्यन्तै खुसी छु,' उनले भने, 'मुरी मुरी धन्यवाद छ राष्ट्रपतीज्यूलाई। अधिकारवीहिन खुला जेलबाट मुक्त गरीदिनुभएको मा पनि धन्यवाद।'

आफूले यो पद पहिले नै अस्विकार गरेको दाबी गर्दै जबरजस्ती पदबाट हटाएकोमा भने असन्तुष्टि जनाए। 'पहिला ओली जी र पुन प्रचण्डजी मार्फत ओलीजीको प्रस्ताव मैले अस्विकार गरेको पद थियो। पछि पार्टीको निर्णय सुनाएपछि अनुशासीत कार्यकर्ताको नाताले बाध्य भै स्वकारेको पद हो यो,' शेरचनले भने, 'अहिले गल्ती बिना हटाइएको छ।'

सक्रिय राजनीतिमा विश्वास गर्ने भएकोले आफूले उक्त पद अस्विकार गरेको दाबी गरे। आफूले कार्यालयमा १८ महिना २ दिन पुगेको उल्लेख गर्दै कार्यलयका सबैलाई धन्यवाद समेत दिए।

कार्यकालको बीचमा पनि आफूले राजीनामा दिने पटकपटक प्रयास गरे पनि पुष्पकमल दाहाल प्रचण्डले रोकेकोले आफू पदमै बसेको उनले बताए। 'राजीनामा दिन तयार थिएँ, पहिले नै प्रचण्डले रोकेकाले बसे,' शेरचनले भने।

पदमुक्त गरेको राजनीतिक प्रतिशोधका कारण हो कि भन्ने प्रश्नमा शेरचनले राजनीतिक दिशा नै निरंकुशतातिर गइरहेको आरोप लगाए। सोमवार सरकारले शेरचनलाई हटाएर सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरी शपथ ग्रहण भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell