PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

  • औषधिले नछुने ‘एएमआर’ के हो? न्यूनीकरणमा व्यक्तिको भूमिका के? (अन्तर्वार्ता)

    औषधिले नछुने ‘एएमआर’ के हो? न्यूनीकरणमा व्यक्तिको भूमिका के? (अन्तर्वार्ता)

    विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्यको लागि १० खतरा’को सूचीमा ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स (एएमआर)’लाई पनि समावेश गरेको छ। जब जीवाणु, भाइरस र परजीवीहरु समयसँगै परिवर्तन हुन्छन् र मानिसले रोग निको हुनका लागि सेवन गर्ने औषधिलाई पचाउन सक्छन्, त्यस्तो परिवर्तन वा अवस्थालाई एएमआर भनिन्छ। विश्वव्यापी स्वास्थ्यको लागि खतराको सूचीमा परेको यो समस्याबाट नेपाल अछुतो छैन। यसबाट हाम्रो जस्तो अल्पविकसित राष्ट्रले स्वास्थ्य क्षेत्रमा थप…

    विस्तृतमा पढ्नुस्

  • सुकुनको लोभलाग्दो उन्नति : विभेदविरुद्ध र उद्यमशीलतामा बनिन् उदाहरण

    सुकुनको लोभलाग्दो उन्नति : विभेदविरुद्ध र उद्यमशीलतामा बनिन् उदाहरण

    ‘कामीको होटल हो त्यहाँ खान नजानु है !’ मुस्ताङमा सुकुन रसाइली विकले होटल सञ्चालनमा ल्याइसकेपछि सुनेका शब्द हुन् यी। घरपझोङ-२ मार्फामा होटल सञ्चालनमा ल्याएपछि धेरैपटक यसखाले शब्द सुनेकी छिन् उनले। तर, उनको विभेदकै बिच उनको सफलताको कथा सुन्न लायक छ। सुकुन हिमाली जिल्लाकी महिला उद्यमी हुन् जसले आफ्नो पहिचान बनाउनुअघि भोगेका विभेदको उदाहरण धेरै छन्। तिनै विभेदको घाउमा सफलताले मल्हम…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा पोखराको उत्कृष्ट हाइकिङ रुटबाट देखिएको फेवाताल

    तस्विरमा पोखराको उत्कृष्ट हाइकिङ रुटबाट देखिएको फेवाताल

    पोखरा : कलकल बगिरहेको पानी। प्रकृतिमा रमाउँदै जंगलको यात्रा। तल देखिएको फेवाताल। सँगै देखिने रहरलाग्दो पोखराको दृश्य। हाइकिङका लागि पोखरा आसपास उत्कृष्ट गन्तव्य छन्। जसमध्ये एउटा हो स्तुप र पुम्दिकोट। यी ठाउँमा तपाईँ दुईवटा रुट हुँदै हाइक जान सक्नुहुन्छ। तालपारीको गाउँ घुम्न इच्छा हुने डुंगा सयर गर्दै फेवा किनार पुगेर सुरु गर्न सक्नुहुन्छ हाइकको यात्रा। अर्को ड्यामसाइड बाट रानीवनको बाटो हुँदै…

    विस्तृतमा पढ्नुस्

  • हटाइँदै पोखरा-मुग्लिन सडकमा मापदण्ड विपरीत बनेका संरचना

    हटाइँदै पोखरा-मुग्लिन सडकमा मापदण्ड विपरीत बनेका संरचना

    पोखरा : पोखरा-मुग्लिन सडकखण्ड अन्तर्गत पोखराको पृथ्वीचोकदेखि विजयपूरसम्मको सडकका पर्ने संरचना हटाउन सुरु गरिएको छ। सोमवार पोखरा महानगरपालिकाले चाइनापुल पारीदेखि विजयपुरसम्म सडक मापदण्डभित्र बनेका संरचना भत्काउन सुरु गरेको हो। महानगरले एक महिनाअगाडि नै मापदण्ड मिचेर बनेका संरचना हटाउनका लागि सूचना दिएको थियो। सूचनापछि पनि संरचना हटाउन अटेर गर्नेको संरचनामा सोमवार महानगरले डोजर चलाएको मेयर धनराज आचार्यले बताए। एशियाली विकास बैंकको…

    विस्तृतमा पढ्नुस्

  • नथाकेका ३ आमाहरुको कथा : विभेद, संघर्ष, दु:खसँगै सफलताका श्रृङ्खला

    नथाकेका ३ आमाहरुको कथा : विभेद, संघर्ष, दु:खसँगै सफलताका श्रृङ्खला

    पोखरा : घरमा केटा माग्न गएपछि बेलमायाका परिवारले राजीखुशी थमाइदिए हात। उमेर पुगेकै थिएन। बिहे भएर घर पुग्दा पो थाहा पाइन् - कान्छी बनाएर भित्र्याएका रहेछन्। बिहे गरेर घर गएकाले समाजको डर, फर्किने बाटो बन्द। तीनवटा सन्तानकी आमा बनिन् उनी। सबै छोरी। तर, छोरा नजन्माएको अपजस। ‘छोरा जन्माउन नसक्नेलाई कसले माया गर्छ?’ श्रीमान् त्यसै भन्थे। जेठी श्रीमतीतिर छोरा थिए। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • पहिले झारफुक, नसुल्टिएपछि उपचारको कोशिश !

    पहिले झारफुक, नसुल्टिएपछि उपचारको कोशिश !

    पोखरा : रुने, चिच्याउने र काम्ने समस्या भएको थियो उमालाई (नाम परिवर्तित)। उनमा यस्तो समस्या देखिएपछि परिवारले चारदिनअघि मात्र झारफुक गर्ने ठाउँमा लगे। पछि उनलाई गण्डकी मेडिकल कलेज पुर्‍याइयो। अस्पतालको उपचार पश्चात् अहिले उनको अवस्थामा सुधार आएको छ। चिकित्सकसँग कुरा गरेपछि उनमा देखिएको समस्याको कारण पत्ता लाग्यो। घरमा श्रीमानको दुर्व्यवहार र आर्थिक समस्याका कारण उनलाई मानसिक समस्या देखिएको थियो। यस्तै, राज (नाम…

    विस्तृतमा पढ्नुस्

  • घट्दो विदेशी लगानी : चिनियाँ व्यवसायी पलायन हुँदा नेपाली व्यवसायलाई पनि मर्का

    घट्दो विदेशी लगानी : चिनियाँ व्यवसायी पलायन हुँदा नेपाली व्यवसायलाई पनि मर्का

    पोखरा : पोखरा घुम्न आउनेमा अधिकांश चिनियाँ पर्यटक हुन्थे पहिल्यै। तर, अहिले यो अंकमा फेरबदल भएको छ। भारतीय र चिनियाँ पर्यटकबाट पोखराका पर्यटन व्यवसायीले लाभ कमाइरहेका थिए। तर, कोरोनापछि चिनियाँ पर्यटकको संख्या ओरालो लाग्यो। यता, भारतीय पर्यटकको संख्या दोब्बर बन्यो। कोरोनापछि भारतीय पर्यटकको संख्यामा वृद्धि आउँदा व्यवसायलाई लागेको थियो चिनियाँ पाहुना आएसँगै व्यवसाय चलायमान हुन्छ   स्रोत : पर्यटन मन्त्रालय गण्डकी प्रदेश …

    विस्तृतमा पढ्नुस्

  • फेवा छेउ थपिँदै गएका संरचना हटाउन चुनौती, अदालतको आदेश कार्यान्वयन कति सहज?

    फेवा छेउ थपिँदै गएका संरचना हटाउन चुनौती, अदालतको आदेश कार्यान्वयन कति सहज?

    पोखरा: किचलोको विषय बन्दै आएको छ फेवाताल संरक्षण। फेवा संरक्षणको पक्षमा न्यायपालिकाले पटकपटक फैसला गर्दै आए पनि वर्षौंदेखि समाधान हुन नसकेको विषय हो यो। ताल संरक्षणको लागि २०६४ साउन २८ गते पोखरा उपत्यका नगर समिति र जिल्ला परिषद् कास्कीको बैठकले तालको मापदण्ड ६५ मिटर तोकेको थियो। मापदण्ड तोके पनि ताल मिच्दै बनेको संरचनाले फेवाताल जोखिममा परेपछि विषय अदालतमा पुग्यो। सर्वोच्च…

    विस्तृतमा पढ्नुस्

  • वडाध्यक्षको व्यक्तिगत खातामा ५५ लाख : नीति विपरीत जग्गा बैना

    वडाध्यक्षको व्यक्तिगत खातामा ५५ लाख : नीति विपरीत जग्गा बैना

    पोखरा : फोहोरमैला प्रशोधन तथा जग्गा व्यवस्थापनको लागि पोखरा महानगरपालिकाले वडाध्यक्षको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाएको छ। पुष २५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत खातामा रकम पठाइएको खुलेको हो। प्राप्त प्रमाण अनुसार पोखरा महानगरले २०७९ पुष २९ गते एनआइसी एसिया बैंकमा रहेको वडाध्यक्षको व्यक्तिगत खातामा रकम पठाइएको छ। जग्गा व्यवस्थापनको…

    विस्तृतमा पढ्नुस्

  • महानगरकै आडमा पुरिँदै फेवा क्षेत्रको सिमसारः काम रोक्न अदालत आदेश गर्छ तर हुँदैन कार्यान्वयन

    महानगरकै आडमा पुरिँदै फेवा क्षेत्रको सिमसारः काम रोक्न अदालत आदेश गर्छ तर हुँदैन कार्यान्वयन

    पोखराः रामसार सूचीमा सूचीकृत फेवातालको सिमसार क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइँदैन। कृषिका लागि भने रोकावट नभएकाले केही वर्षयता फेवा फाँटमा धान लगाउने किसान बढेका थिए। तर, अहिले त्यही फेवा फाँटमा दुई वर्षदेखि धमाधम प्लटिङ भइरहेको छ। त्यो पनि पोखरा महानगरको आडमा। अधिकारको गलत प्रयोग गर्दै महानगरले गरेको जग्गा वर्गीकरणका कारण सिमसार क्षेत्र धमाधाम पुर्ने काम भइरहेको छ। भूउपयोग नीतिमा…

    विस्तृतमा पढ्नुस्

  • ‘भाउजु हैन, तिम्रो दाइले भेनाजु ल्याउँछ’ : पोखरामा ‘प्राइड परेड’का दृश्यहरु

    ‘भाउजु हैन, तिम्रो दाइले भेनाजु ल्याउँछ’ : पोखरामा ‘प्राइड परेड’का दृश्यहरु

    पोखरा : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि अङ्ग्रेजी वर्षको जुन महिनाले विशेष अर्थ राख्छ। आफ्नो पहिचान खुलेर देखाउने र यस समुदायले प्राप्त गरेको उपलब्धीप्रति गौरव गर्ने महिनाको रुपमा मनाइन्छ जुनलाई। १९६९ मा अमेरिकाको स्टोनवाल इन बारमा भएको झडपपछि मनाउने गरिएको ‘प्राइड मन्थ’(गौरव महिना) विश्वका विभिन्न स्थानमा मनाइन्छ। नेपालमा पनि केही वर्ष अघिदेखि ‘प्राइड मन्थ’ मनाउन थालिएको हो। यसवर्षको ‘प्राइड परेड’…

    विस्तृतमा पढ्नुस्

  • सुविधाभोगी पर्यटकको चाहनाले मेटाउँदै घान्द्रुकको पुरानो पहिचान

    सुविधाभोगी पर्यटकको चाहनाले मेटाउँदै घान्द्रुकको पुरानो पहिचान

    पोखरा : उमेरले ८५ काट्यो। नरसुब्बा गुरुङ बिहे गरेर घान्द्रुक आएकै ६० वर्ष बित्यो। तनबीस लामो कालखण्डमा नरसुब्बाले गाउँमा परिवर्तन देखिन्। बसाइँसराइँ देखिन्। गाउँको दु:ख भोगिन्। समयले कोल्टे फेरेको साक्षी बनिन्। मेलापातमा उकाली ओराली गरिन्। विगतका ती दिन सम्झदा नरसुब्बालाई अझै पनि गह्रौं लाग्छ। खेती किसानी घान्द्रुकवासीको दैनिकी थियो त्यसबेला। कहिले कसो गाउँमा पर्यटक झुल्किए पनि होटल थिएनन्। पर्यटनमा भन्दा…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्र दिवसमा सर्वसाधारणलाई उपहार : खुला भयो महेन्द्रले परिकल्पना गरेको रत्नमन्दिर

    गणतन्त्र दिवसमा सर्वसाधारणलाई उपहार : खुला भयो महेन्द्रले परिकल्पना गरेको रत्नमन्दिर

    पोखरा : फेवा किनारमा चिटिक्क परेको दरबार। घुम्न आउने पर्यटकलाई पर्खालभित्रको दरबारले तानिरहन्थ्यो। सर्वसाधारणले पनि पर्खालभित्रको दृश्यलाई चिच्याउन खोजिरहे। तर, गणतन्त्रले भत्काएको राज संस्थाको दरबारलाई पर्खालले छेकिरह्यो। पोखराको राजदरबारको रुपमा चिनिन्छ रत्नमन्दिर। जसलाई परिकल्पना गरेका थिए तत्कालिन राजा महेन्द्र शाहले। तालको किनारमा महेन्द्रले संरचना बनाए २०१५ सालमा। संरचनाले पूर्णता पाएपछि नाम राखियो रत्नमन्दिर। महेन्द्रको कान्छी रानी रत्नको नाममा। महेन्द्रको कल्पना…

    विस्तृतमा पढ्नुस्

  • त्यो ‘एड्भेन्चर ट्रेक’ जसले मलाई फेरि डाकिरहेछ...

    त्यो ‘एड्भेन्चर ट्रेक’ जसले मलाई फेरि डाकिरहेछ...

    कहिले काहीँ बाटो बिराउँदा आफैँलाई भेटिन्छ। हराउँदै पूरा गरेको कपुचे यात्रापछि नयाँ गन्तव्य भेट्न सकेको छैन। त्यसरी नै हराउने योजना बने यसबिच। तर बनेका योजना नै हराए। त्यसैले नभेटेको धेरै भयो आफूलाई। यसपालाको यात्रा फरक गर्न मन छ। नयाँ ‘एक्सप्लोर’ गर्ने रहर। यस्तो ठाउँ जहाँ धेरै पुगेका छैनन्। नौलो होस् धेरैका लागि। यात्रा अनुभव, समाचार र फोटो देख्दै वाक्य फुटोस्…

    विस्तृतमा पढ्नुस्

  • पर्याप्त छैनन् मनोपरामर्शकर्ता : मनमा नकारात्मक सोच आउन थाले के गर्ने?

    पर्याप्त छैनन् मनोपरामर्शकर्ता : मनमा नकारात्मक सोच आउन थाले के गर्ने?

    पोखरा : चिन्ता लाग्ने, मन आत्तिने अनि नकारात्मक सोच आउने समस्यबाट पोखराकी एक युवती एक वर्षदेखि पीडित थिइन्। श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि उनमा यो समस्या देखिन थालेको हो। छोराहरु विदेशमा भएका कारण पनि मनका भावनाहरु पोख्नको लागि उनको साथमा कोही भएनन्। जसले उनमा चिन्ता र तनाब बढेको थियो। आफ्नो समस्या पोख्ने ठाउँ नभएपछि उनी केही समयअगाडि ‘कोसिस नेपाल’को सम्पर्कमा आइन्। उनलाई…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा अपराधको ग्राफ उकालो लाग्दै, आर्थिक अभाव बन्दै ‘मोटिभेसन’

    गण्डकीमा अपराधको ग्राफ उकालो लाग्दै, आर्थिक अभाव बन्दै ‘मोटिभेसन’

    पोखरा : चिनेजानेका मानिस भएका कारण सुमनले सुजनलाई विश्वास गरेर गरगहना बेचे। पोखरामा सुन पसल सञ्चालन गर्दै आइरहेका उनले सुजनलाई १ करोड ५६ लाख ११ हजार रुपैँया बराबरको गरगहना बिक्री गरे। चिनेकै व्यक्ति भएका कारण सुमनले भुक्तानी चेकबाट लिन सहजै स्विकारे। सुजनले सुमनलाई मुक्तीनाथ विकास बैँकको चेक थमाइदिए। तर, चेक बाउन्स भयो।  मर्कामा परेपछि सुमन सहयोग माग्न कास्की प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • गाउँमा पाहुना नअटाएपछि २५ करोड लगानीमा घान्द्रुक कल्चर रिसोर्ट

    गाउँमा पाहुना नअटाएपछि २५ करोड लगानीमा घान्द्रुक कल्चर रिसोर्ट

    पोखरा : प्रकृतिमा रमाउन चाहानेका लागि प्रवेशद्वार हो घान्द्रुक । अन्नपूर्ण र पुनहिल उक्लिने बाटो यतै। घलेक र आफनो मौलिक गुरुङ पोशाकमा ठाँटिने गाउँलेको पहिरनले थप सुन्दरता थपिदिन्छ यहाँ। यहीँ सुन्दरतामा लालायित छन् पर्यटक पनि। विशेषगरि आन्तिरक पर्यटक। पर्यटनले धानेको गाउँमा पर्यटकको चाप बाक्लै हुन्छ। शहरको कोलाहाल बिर्सिन बिदाका दिन पोखरा र आसपासबाट उक्लिने पर्यटक बेसी हुन्छन्। यसबाहेक गुरुङ संस्कृतिमा…

    विस्तृतमा पढ्नुस्

  • सिरुबारी हिँडेका पर्यटकलाई बाटोमै भुलाउने माझकटेरीको ‘म्हाँजु भञ्ज्याङ’ पार्क 

    सिरुबारी हिँडेका पर्यटकलाई बाटोमै भुलाउने माझकटेरीको ‘म्हाँजु भञ्ज्याङ’ पार्क 

        ‘बेजांग गाउँमा रोधी घर थियो     त्यही रोधी घर बिरानो भइदियौँ     ए दरौँ सिरुबारी माझकटेरी’ राजु परियारले गाए जस्तै बिरानो भएको छ रोधी घर आजभोलि। केवल रोधी घर मात्र होइन माझकटेरी गाउँपनि। दक्षिण एयिसाकै पहिलो होमस्टे भनेर चिनिन्छ गीतमा उल्लेख भएको सिरुबारी। सिरुबारीको ठ्याक्कै अगाडि देखिने गाउँ चाहिँ दरौँ। यी दुवैको बिचमा रहेको गाउँ माझकटेरी। जो पर्यटक तान्ने…

    विस्तृतमा पढ्नुस्

  • परिवार र समाजले स्वीकार गर्न नसकेको तिलकको अस्तित्वको कथा ‘ब्लु फ्लावर’

    परिवार र समाजले स्वीकार गर्न नसकेको तिलकको अस्तित्वको कथा ‘ब्लु फ्लावर’

    पोखरा : परिवारको दबाबकै कारण तिलक वैवाहिक सम्बन्धमा बाँधिन्छन्। अनि बच्चा जन्माउने दबाब पनि उत्तिकै। परिवार र समाजले स्वीकार गर्दैन उनको अस्तित्व। जसले निम्त्याउँछ कहालीलाग्दो समस्या। कथा सुरु हुन्छ तिलककी आमाको ‘इमोसनल ब्ल्याकमेल’बाट। समलिङ्गीको आफ्नो अस्तित्व दबाएर तिलक महिलासँग वैवाहिक सम्बन्ध बाँधिन चाहेका हुँदैनन्। दुईपटक विवाह मण्डपबाट भागेका तिलकलाई आमाले आत्महत्या गर्ने धम्की दिएपछि उनी बाध्य भएर विवाह गर्छन्। यसरी…

    विस्तृतमा पढ्नुस्

  • अल्पमतमा परेका खगराज भन्छन् -म भाग्दिनँ, उद्घाटन गर्दै बित्यो सय दिनको कार्यकाल

    अल्पमतमा परेका खगराज भन्छन् -म भाग्दिनँ, उद्घाटन गर्दै बित्यो सय दिनको कार्यकाल

    पोखराः सत्ता मोहका कारण समय समयमा गठबन्धनको रुवरुप फेरिरहन्छ। चुनावलगत्तै फेरिएको गठबन्धन दुई महिनामात्र टिक्यो। केन्द्रदेखि प्रदेशसम्म सरकार बनिसकेपछि गठबन्धन फेरिँदा अहिले तत्कालीन एमाले- माओवादी केन्द्रको तालमेलमा बनेका प्रदेश सरकार संकटमा छन्। संकटको भूमरीमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पनि छन्। प्रदेशको अघिल्लो पाँच वर्षे कार्यकालमा दुई पटक सरकार फेरियो। अहिले छोटो समयमा नै दोस्रो सरकार गठनको तरखर छ। १०४…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell