PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘भाउजु हैन, तिम्रो दाइले भेनाजु ल्याउँछ’ : पोखरामा ‘प्राइड परेड’का दृश्यहरु

‘भाउजु हैन, तिम्रो दाइले भेनाजु ल्याउँछ’ : पोखरामा ‘प्राइड परेड’का दृश्यहरु

रिना थापा/पहिलोपोस्ट


पोखरा : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि अङ्ग्रेजी वर्षको जुन महिनाले विशेष अर्थ राख्छ। आफ्नो पहिचान खुलेर देखाउने र यस समुदायले प्राप्त गरेको उपलब्धीप्रति गौरव गर्ने महिनाको रुपमा मनाइन्छ जुनलाई।

१९६९ मा अमेरिकाको स्टोनवाल इन बारमा भएको झडपपछि मनाउने गरिएको ‘प्राइड मन्थ’(गौरव महिना) विश्वका विभिन्न स्थानमा मनाइन्छ। नेपालमा पनि केही वर्ष अघिदेखि ‘प्राइड मन्थ’ मनाउन थालिएको हो।

यसवर्षको ‘प्राइड परेड’ पोखराबाट सुरु भएको छ। नील हीरा समाजकी प्रोगाम कोअर्डिनेटर पिटर राईका अनुसार नील हीराले यसवर्षको ‘प्राइड परेड’ पोखरामा गरेर सुरु गरेको छ।

परेडमा सहभागी एन्जल लामा यसलाई निर्वाध रुपमा आफूलाई व्यक्त गर्ने मौकाका रुपमा लिन्छिन्। हल्लनचोकदेखि प्राइड परेड सुरु भएर बाराही चोकमा सकिएको थियो।

परेडमा सहभागीहरुले इन्द्रेणी रङ्गको घण्डाका साथै ‘भाउजु हैन, तिम्रो दाइले भेनाजु ल्याउँछ’लगायत लेखिएका विभिन्न ब्यानर र पम्पलेटहरु प्रदर्शनसमेत गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell