PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

हटाइँदै पोखरा-मुग्लिन सडकमा मापदण्ड विपरीत बनेका संरचना

हटाइँदै पोखरा-मुग्लिन सडकमा मापदण्ड विपरीत बनेका संरचना

रिना थापा/पहिलोपोस्ट


पोखरा : पोखरा-मुग्लिन सडकखण्ड अन्तर्गत पोखराको पृथ्वीचोकदेखि विजयपूरसम्मको सडकका पर्ने संरचना हटाउन सुरु गरिएको छ। सोमवार पोखरा महानगरपालिकाले चाइनापुल पारीदेखि विजयपुरसम्म सडक मापदण्डभित्र बनेका संरचना भत्काउन सुरु गरेको हो।

महानगरले एक महिनाअगाडि नै मापदण्ड मिचेर बनेका संरचना हटाउनका लागि सूचना दिएको थियो। सूचनापछि पनि संरचना हटाउन अटेर गर्नेको संरचनामा सोमवार महानगरले डोजर चलाएको मेयर धनराज आचार्यले बताए।

एशियाली विकास बैंकको सहयोगमा बन्न लागेको पोखरा-मुग्लिन सडकखण्ड चार लेनमा विस्तार भइरहेको छ। जसअन्तर्गत नै पोखरा लेखनाथका सडकखण्डमा मापदण्डभित्र पर्ने संरचना महानगरले हटाउन लागेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell