PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

तस्विरमा पोखराको उत्कृष्ट हाइकिङ रुटबाट देखिएको फेवाताल

तस्विरमा पोखराको उत्कृष्ट हाइकिङ रुटबाट देखिएको फेवाताल

रिना थापा/पहिलोपोस्ट


पोखरा : कलकल बगिरहेको पानी। प्रकृतिमा रमाउँदै जंगलको यात्रा। तल देखिएको फेवाताल। सँगै देखिने रहरलाग्दो पोखराको दृश्य।

हाइकिङका लागि पोखरा आसपास उत्कृष्ट गन्तव्य छन्। जसमध्ये एउटा हो स्तुप र पुम्दिकोट।

यी ठाउँमा तपाईँ दुईवटा रुट हुँदै हाइक जान सक्नुहुन्छ। तालपारीको गाउँ घुम्न इच्छा हुने डुंगा सयर गर्दै फेवा किनार पुगेर सुरु गर्न सक्नुहुन्छ हाइकको यात्रा। अर्को ड्यामसाइड बाट रानीवनको बाटो हुँदै उक्लिएर पनि। पारी लागेपछि उक्लिने बाटो एकै हो। डुंगा सयर गर्न चाहानेका लागि बाराही चोकबाट यात्रा तय गर्दा राम्रो।

यता ड्यामसाइडबाट रानीवनको बाटो उक्लिए पनि रमाइलो नै हुनेछ हाइकमा रमाउनेका लागि। जंगलको यात्राले कोलाहाल शहरबाट केही समय भए पनि टाढा राख्ने छ। दुई घण्टा बढीको जंगल यात्रापछि बिस्तारै शान्त फेवाताल देख्न सकिन्छ। जंगल छिचोल्दै जाँदा तल देखिने तालको दृश्य र शान्ति स्तुपले मन शान्त बनाईदिने छ यात्रामा।

जंगल कटेपछि पुगिन्छ विश्व शान्ति स्तुप। हिँडाईको थकान मेट्नका लागि स्तुप र त्यहाँबाट देखिने मनमोहक दृश्यले सघाउने छ। स्तुप क्षेत्रमा नै छन् थुप्रै होटल र रेष्टुरेन्ट। थकान मेट्दै खाजा लिन सक्नुहुन्छ। यात्रा थप लम्बाउन चाहानेका लागि त्यो भन्दा माथि छ शिवको मूर्ति। माथि उक्लिन चाहानेहरु त्यहाँबाट एक घण्टा बढी हिँडेपछि पुम्दीकोट पुग्न सक्नुहुन्छ। माथि उक्लिदै जाँदा देखिने रमणिय दृश्यले थप मन लोभ्याउँछ।

मौसमले साथ दिए हिमश्रृखंलको उत्कृष्ट दृश्य यहीँ बाट देख्न सकिन्छ ।



ट्रेन्डिङ पोस्ट

Ncell