PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

काठमाडौं उपत्यकाको नाकाबाट दैनिक २ हजार भन्दा बढी सवारीको आवत जावत, बिहानै ७ सय ३९ सवारी प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

काठमाडौं उपत्यकाको नाकाबाट दैनिक २ हजार भन्दा बढी सवारीको आवत जावत, बिहानै ७ सय ३९ सवारी प्रहरी नियन्त्रणमा

काठमाडौं : बिहीवारदेखि जारी काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा थप कडा बनाइएको छ।

अत्यावश्यक र पासबिना सडकमा निस्किएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर सवारीको अनुगमन गरिरहेको छ।

मङ्गलवार बिहान १० बजेसम्म महाशाखाले अनावश्यक रुपमा दौडिएका ७ सय ३९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जसमा सबैभन्दा धेरै दुई पाङ्ग्रे रहेका छन्। ५ सय ४७ वटा दुई पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ। त्यस्तै २२ वटा ट्याक्सी समेत नियन्त्रणमा लिएको महाशाखाले जानकारी दिएको छ।

स्थानीय प्रशासनबाट काठमाडौं उपत्यकाभित्र जारी भएको निषेधाज्ञा अनुसार सरकारी कार्यालयका कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, सञ्चारकर्मी र अत्यावश्यक काममा निस्किएका सवारी बाहेक अन्यलाई नियन्त्रणमा लिने गरेको छ।

त्यस्तै, काठमाडौं उपत्यका भित्रिने सवारी साधनलाई समेत कडाई गरिएको छ। अहिले काठमाडौं उपत्यका भित्रने विभिन्न नाकाबाट दैनिक ३ हजारको हाराहारीमा सवारी आउने गरेका छन्। सोमवारको ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार विभिन्न नाकाबाट २ हजार ७ सय ५५ वटा सवारी उपत्यकाभित्र प्रवेश गरेका थिए। त्यस्तै २ हजार ३ सय ८८ वटा सवारी बाहिरिएको तथ्याङ्कले देखाउँछ।

यसरी भित्रिएका सवारीमा अधिकांश अत्यावश्यक सवारी साधन रहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell