पर्टो रिकोका बक्सर फेलिक्स भरडेहोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नी गर्भवती प्रेमिकालाई अपहरण गरि हत्या गरेको आरोप उनीमाथि लागेको छ।
सन् २०१२ को ओलम्पिकमा सहभागी भरडेहोले सान जुआनमा प्रेमिका केसल रोड्रिगेजमाथि आक्रमण गरेको र पछि उनको शवलाई पुलबाट फ्याँकेको अनुसन्धानका क्रममा देखिएको छ। फेडरल कम्पलेन्टका अनुसार भरडेहोले सुरुमा आफ्नी प्रेमिकालाई मुखमा ‘पन्च’ हानेको डोरीमा बाँधेर पुलबाट फ्याँकेका थिए। शव पानीमा खसेपछि उनले गोली समेत प्रहार गरेको देखिएको छ।
यो घटना सार्वजनिक भएपछि पर्टो रिकोम व्यापक विरोध प्रदर्शन भएको थियो। अधिकारीहरुले भरडेहोलाई अनुधानकाक्रममा बोलाएपनि उनी पहिला उपस्थित भएका थिएनन्। आइतबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
पर्टो रिकोमा महिला हरेक हप्ता कुनै न कुनै अपराधको सिकार बन्ने गरेको अधिकारवादी संस्थाहरुले जनाएका छन्। गत जनवरीमा मात्रै पर्टो रिकोमा महिलाविरुद्ध अपराध नियन्त्रणका लागि आपतकाल घोषणा गरिएको थियो।
बक्सर भरडेहोमाथि अपहरण, प्रेमिकाको हत्या र गर्भमा रहेको शिशुको हत्याको अभियोग लगाइएको छ।
मृतक रोड्रिगेजकी आमाले भरडेहोले आफ्नी छोरीलाई शिशु नजन्माउन दबाब दिँदै आएका थिए। विवाहित भरडेहोले आफ्नो परिवार र करियरलाई बचाउन भन्दै रोड्रिगेजलाई दबाब दिएका थिए।