PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सिटी र पीएसजीको के होला नतिजा? नेइमार भन्छन: सिटीलाई हराउन सबथोक गर्नेछु



पहिलोपोस्ट

सिटी र पीएसजीको के होला नतिजा? नेइमार भन्छन: सिटीलाई हराउन सबथोक गर्नेछु
Photo:UEFA

यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज राति इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन्। आजको खेल राति १२: ४५ मा सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ।

पहिलो लेगमा सिटीले पीएसजीलाई २-१ गोलअन्तरले हराएको थियो। त्यसैले पनि पुनरागमनका लागि पीएसजीले संघर्ष गर्नुपर्ने देखिन्छ।

सिटीलाई हराउन भरपुर प्रयास गर्नेछु : नेइमार

पीएसजीका ब्राजिलियन स्ट्राइकर नेइमार जुनियरले सिटीलाई हराउन आफु सबथोक गर्न तयार भएको प्रतिकृया दिएका छन्।

‘फाइनल प्रवेशका लागि म मेरो बेस्ट दिने छु र सम्भव हुने सबै थोक गर्नेछु, अब यसलाई पिचमै मर्नैपर्नेसँग तुलना गरेपनि,’ नेइमारलाई उद्धृत गर्दै मार्काले लेखेको छ, ‘हरेक पेरिसियनले हामीलाई विश्वास गरेका छन्, फ्रान्टलाइनमा म छु। त्यसैले यो युद्धको पहिलो योद्धा म हुँ।’

उनले सिटीसँगको खेल टफ हुने भन्दै आफुलाई विश्वास गर्नुपर्ने बताएका छन्। यसका लागि पुराना तथ्यांकलाई बिर्सिएर खेल्नुपर्ने उनले उल्लेख गरेका छन्।

पछिल्ला चारवटा भेटमा सिटी पीएसजीसँग अपराजित छ। आज राति हुने खेलमा किलियन एम्बाप्पेले भने खेल्ने नखेल्ने बारे टुंगो छैन। २२ वर्षे एम्बाप्पेले शनिवारको लेन्ससँगको खेल काल्फ इन्ज्युरीका कारण गुमाएका थिए। एम्बाप्पेले जारी सिजन ४३ खेलमा ३७ गोल गरेका छन् जसमा च्याम्पियन्स लिगमा १० खेलमा ८ गोल पनि रहेको छ।

आज राति हुने खेलले फाइनल पुग्ने पहिलो टोलीको निर्धारण गर्नेछ। दोस्रो टोलीको भने भोलि हुने चेल्सी र रियल मड्रिडबीचको खेलबाट निर्धारण हुनेछ।

उता सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले दोस्रो लेगलाई ‘अर्को खेल’ का रुपमा लिएको बताएका छन्। उनले आफ्नो पहिलो कदम फाइनल प्रवेश हुने बताएका छन्।

हाम्रो सुरुवात केही फाइदाबाट हुनेछ तर हामी जित्नकै लागि खेल्ने छौं,’ प्रशिक्षक ग्वार्डिओलाले भनेका छन्, ‘हामी राम्रो मोमेन्टमा आइपुगेका छौं त्यसैले मैले खेलाडीहरुलाई भन्ने गरेको छु, ‘खेल जित्नका लागि धेरै नसोच।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell