PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

निषेधाज्ञा हुने जिल्लाको संख्या पुग्यो ४६, उकालिँदै संक्रमित संख्या



पहिलोपोस्ट

निषेधाज्ञा हुने जिल्लाको संख्या पुग्यो ४६, उकालिँदै संक्रमित संख्या

काठमाडौं : देशभर फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनहरुले जिल्लामा पूर्ण या आशिक निषेधाज्ञा गर्नेक्रम जारी राखेका छन्। अहिले काठमाडौंदेखि रोल्पासम्म निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयलका अनुसार मंगलवार १० बजेसम्म ४६ वटा जिल्लामा निषेधाज्ञा लगाइएको छ। सोमवार बिहानसम्म निषेधाज्ञा जारी भएको जिल्लाको सङ्ख्या ४१ वटामात्र थियो।

बाँकेबाट सुरु भएको निषेधाज्ञा रोल्पासम्म पुगेको छ। सबैभन्दा पहिले वैशाख १३ गतेदेखि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाको समय थप गरेर वैशाख २७ गतेसम्म पुर्‍याइएको छ।

पछिल्लो दुई दिनमा दैनिक ७ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ। अहिलेसम्म देशका ७२ वटा जिल्लामा संक्रमित देखिएको सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा सम्बोधन गर्दै जानकारी दिएका थिए। संक्रमित थपिँदै जाँदा निषेधाज्ञा समेत कडाई गर्ने प्रधानमन्त्रीले जानकारी दिएका थिए।

दैलेख, महोत्तरी, पूर्व नवलपरासी, डोल्पा र डोटीमा आज राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ। रोल्पामा भने भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङ्मा भने केही स्थानहरुमा मात्र निषेधाज्ञा जारी भएको थियो।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको अनुसार २२ जिल्लामा संक्रमतिको सङ्ख्या धेरै भएकाले अति प्रभावित जिल्ला घोषणा गरिएको छ। जसमा काठमाडौंका तीन जिल्लासहित बाँके, झापा लगायतका जिल्लाहरु रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell