PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

भक्तपुरमा अचेत भेटिएका तीन महिलामध्ये २२ वर्षीया सुनिता तामाङको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा अचेत भेटिएका तीन महिलामध्ये २२ वर्षीया सुनिता तामाङको मृत्यु

काठमाडौंः भक्तपुरमा आइतवार राती अचेत अवस्था फेला परेका तीन जनामध्ये एक जनाको मृत्यु भएको छ।

काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका घर भएका २२ वर्षया सुनिता तामाङको मृत्यु भएको हो। आइतवार राति करिब ११ बजे भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर १० मिलन चोकस्थित घरमा कोठा गरी बस्ने सुनिता तामाङ, ४० वर्षीय शान्ति माया ब्लोन तामाङ र १८ वर्षीय अनिता तामाङ अचेत अवस्थामा फेला परेका थिए।

शान्तिमायालाई राती उनका श्रीमानले फोन गरेपछि नउठेकाले नजिकै रहेकी सोनाम तामाङलाई फोन गरेका थिए। त्यसपछि सोनाम कोठामा अचेत भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत्त जगातीबाट गएको टोलीले झ्याल र ढोकाको चुक्कुल फोटालेर हेर्दा उनीहरु बेहोस अवस्थामा भेटिएका थिए। तत्कालै उनीहरुलाई अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए।

घटनास्थलको प्रकृति, घाइतेको अवस्था र सोधपुछबाट हेर्दा कोठाका सम्पूर्ण झ्याल ढोका बन्द गरी सुत्केरीलाई सेक्न मकलमा कोइला बालेको कारण आवश्यक मात्रामा अक्सिजनको कमीले गर्दा निस्सासिएर उक्त घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell