PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

कोरोना संक्रमणपछि कांग्रेस प्रवक्ता शर्माले मागे दुई हप्ताको लागि बिदा



कोरोना संक्रमणपछि कांग्रेस प्रवक्ता शर्माले मागे दुई हप्ताको लागि बिदा
फाइल फोटो

काठमाडौं : कोरोना संक्रमणपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि सक्रिय जिम्मेवारीबाट बिदा लिएका छन्। सोमवार कोरोना संक्रमण पुष्टिपछि शर्मा होम आइसोलेसनमै आराम गरिरहेका छन्।

आइतवार स्टार अस्पतालमा स्वाब परीक्षण गरउँदा शर्मामा कोरोना संक्रमण पुष्टि भएको थियो। राजनीतिक विषय र कांग्रेसको आन्तरिक राजनीतिबारे सञ्चार गराउन सक्रिय शर्माले अस्वस्थताका कारण दुई हप्ताको लागि जिम्मेवारीबाट बिदा लिएको जनाएका छन्।

'अस्वस्थताका कारण दुइ साताका लागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु! प्रेस , पार्टी र शुभचिन्तकहरुसंग क्षमा चाहन्छु!' सामाजिक सञ्जालमा उनले लेखेका छन्,  'चाँडैनै पूर्ण स्वस्थ भएर पूर्ण जाँगर साथ मैदानमा फर्किनेछुl विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छुl'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell