PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

आईपीएल अनिश्चितकालका लागि स्थगित



पहिलोपोस्ट

आईपीएल अनिश्चितकालका लागि स्थगित

इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चित कालका लागि स्थगित भएको छ। आज बसेको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआई) र इण्डियन प्रिमियर लिग गभर्निङ काउन्सिलको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।

बीसीसीआईले एक विज्ञप्ति निकाल्दै आईपीएलको आयोजक, सपोर्ट स्टाफ र खेलाडीको स्वास्थ्यलाई लिएर कुनै ‘कम्प्रमाइज’ नगर्ने जनाएको छ।

हिजोमात्र आईपीएलको फ्रेन्चाइजी कोलकता नाइट राइडर्सको दुई जना खेलाडीमा कोभिड सङक्रमण पुष्टी भएको थियो। त्यस्तै चेन्नइ सुपर किंग्सको पनि अफिसियलहरुमा कोभिड सङक्रमण पाइएको थियो। त्यस्तै सनराइजर्स हैदराबादका ऋद्धिमान शाह पनि कोभिड संक्रमित भएको खवर बाहिर आएको थियो। त्यसबाहेक दिल्ली क्यापिटल्सका स्पीनर अमित मिश्रा पनि संक्रमित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

पछिल्लो समय भारतमा कोभिडले विकराल रुप लिइरहँदा आईपीएल जारी रहेको भन्दै आलोचना समेत हुँदै आएको थियो। आईपीएलकै बीचमा अस्ट्रेलिया र भारतकै खेलाडीहरुले पनि कोभिडको बढ्दो प्रकोपकै कारण आईपीएलबाट ब्यक्तिगत कारण देखाउँदै बाहिरिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell