PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मोरङमा होम आइसोलेसनमै गयो संक्रमितको ज्यान, आजै पाँच जनाको मृत्यु



अनन्तराज न्यौपाने

मोरङमा होम आइसोलेसनमै गयो संक्रमितको ज्यान, आजै पाँच जनाको मृत्यु
फाइल फोटो

विराटनगर : कोभिडको सङ्क्रमणबाट विराटनगरमा मात्र मङ्गलबार ४ जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिकामा होम आइसोलेसनमै अर्का एक सङ्क्रमितको मृत्यु भएपछि मोरङमा मङ्गलबार कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ।

विराटनगरमा मृत्यु भएका चारै जना नोबेल शिक्षण अस्पतालमा उपचाररत थिए। मृत्यु हुनेमा मोरङको बेलबारी, विराटनगर, सुनसरीको धरान र इलामका रहेका अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका सम्पर्क अधिकारी नारायण दाहालका अनुसार विराटनगर–१४ का ६२ वर्षीय पुरुषको बिहान २ बजेतिर मृत्यु भएको थियो। उनलाई सोमवार अस्पताल ल्याएर त्यही दिन भर्ना गरिएको थियो। त्यस्तै वैशाख १३ मा भर्ना भएकी इलाम नगरपालिका–४ का २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको हो। उनमा निमोनियाको लक्षण थियो।

नोबेलमै सोमबार अस्पताल भर्ना गरिएकी धरान–८ की ७७ वर्षीया महिलाको पनि उपकारको क्रममा बिहान ५ बजेतिर मृत्यु भएको छ। प्रदेश २ को सप्तरी हनुमाननगर–कंकालिनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको बिहान ५:४५ बजेतिर नोबेलमै मृत्यु भएको छ। उनलाई श्वास प्रश्वासमा समस्या देखिएपछि बैसाख १७ गते अस्पताल भर्ना गरिएको थियो।

मोरङको बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ। नोबेल अस्पतालमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell