PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

थप कडाई गर्दै एक हप्ता थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा, अब हिँडडुल गर्नसमेत रोक



पहिलोपोस्ट

थप कडाई गर्दै एक हप्ता थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा, अब हिँडडुल गर्नसमेत रोक

काठमाडौः काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने भएको छ।

काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकपछि २९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने भएको हो। जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको बैठकमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भने उपस्थिति थिएनन्। कोरोना सङ्क्रमण देखिएपछि ललितपुरका सिडिओ अनुपस्थित भएका हुन्।

कोरोना सङ्क्रमण बढेको भन्दै स्थानीय प्रशासनले वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो।

तर कोरोना सङ्क्रमण दर झनै बढेकाले थप एक साता निषेधाज्ञा गरिएको हो। थप गरिएको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ। मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्नसमेत निषेध गरिएको छ। अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ।

त्यस्तै खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको थियो। त्यस्तै बैंक तथा वित्तिय सस्थाको हकमा केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति राख्ने र काठमाडौं उपत्यकाभित्र २० प्रतिशत संचालन गर्न निर्देशन दिइएको छ। सरकारी कार्यालयहरुको हकमा अत्यवाश्यक मात्र संचालन गर्ने निर्णय भएको हो।

त्यस्तै ठेलागाडा र कवाडी संकलन गर्नसमेत रोक लगाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell